हुथी विद्रोही समूहद्वारा साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला
सोमबार, ३० चैत २०७७, १९ : ५६
एजेन्सी । यमनको हुथी विद्रोही समूहले साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला गरेको दाबी गरेको छ । आफ्नो समूह निकट टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै हुथी विद्रोही नेतृत्वले सो दावी गरेको हो । उनीहरुले आरमको जेद्दाह र जुबेल अड्डाहरुमा दशवटा ड्रोनमार्फत हमला गरेको बीबीसीले जनाएको छ ।
साउदी अरबले भने यो घटनाबारे केही प्रतिक्रिया दिएको छैन । हुथी विद्रोही समूहलाई इरानको समर्थन प्राप्त छ । उनीहरुले पछिल्ला वर्ष साउदी अरबमाथि ड्रोन र मिसाइल आक्रमणलाई तिव्र बनाएका छन् । साउदी अरब एक सैन्य समूहको नेतृत्व गर्दैछ, जुन गत ६ वर्षदेखि यमनमा हुथी विद्रोही समूहविरुद्ध लडिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार