नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ३१ जना घाइते
शनिबार, ०४ वैशाख २०७८, ०८ : ०४
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा यात्रुबाहक बस सडकबाट खस्दा ३१ जना घाइते भएका छन् ।
बस सडक २ सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले रातोपाटीलाई जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीका अनुसार बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भइ खसेको हो ।
दुर्घटनामा परी घाइते मध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आइपुगेको छैन । बसमा कति जना सवार रहेको यकिन नभएको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दाउन्नेको सडक निक्कै बिग्रिएका कारण पछिल्लो समय सो क्षेत्रमा दुर्घटना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल