शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथामा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौंमा

बुधबार, १९ जेठ २०७८, १६ : ३७
बुधबार, १९ जेठ २०७८

सगरमाथा आरोहण गरी फर्किने क्रममा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौं ल्याइएको छ । स्वीस नागरिक अब्दुल वारिचोको शव काठमाडौं ल्याइएको हो । उनको शव सगरमाथाको क्याम्प २ सम्म ल्याएर त्यसपश्चात  लुक्लासम्म ल्याइएको थियो । लुक्लाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।

सगरमाथा आरोहण गरी फर्किने क्रममा ८ हजार मिटर माथि क्याम्पमा वारिचोको ज्यान गएको थियो । आरोहण गरेर फर्किने क्रममा उनीसँगै १० जना शेर्पाहरु रहेका थिए । पोस्टमार्टममार्फत उनको शव दूतावासमार्फत परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप