बच्चाले मास्क लगाउन आनेकानी गरे यसरी सम्झाउनुस्

कोरोना संक्रमणबाट बच्नका लागि मास्क लगाउन जरुरी छ । ठूला मानिसहरुले त मास्क लगाउँछन्, तर कतिपयले आफ्ना बच्चालाई मास्क लगाइदिँदैनन् । कतिपय बच्चाहरु मास्क लगाउन रुची देखाउँदैनन् वा लगाइहाले पनि उतारिहाल्छन् । तर, बच्चालाई मास्क लगाइदिन जरुरी छ । यसको महत्वबारे बुझाउन जरुरी छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का अनुसार २ वर्षभन्दा माथिका बच्चाले बाहिर निस्कँदा, सामाजिक दूरी कायम गर्न नसकिने स्थानमा मास्क लगाउनुपर्छ ।
बच्चालाई सम्झाउनुस् मास्कको महत्व
मास्क लगाउन किन जरुरी छ भनेर बच्चालाई सम्झाउनुस् । मास्क लगाउँदा कोरोना र किटाणुहरुबाट सुरक्षित भइन्छ भनेर उनीहरुलाई बुझाउनुस् । बारम्बार बच्चालाई यी कुराहरु सम्झाउनुस् । जसकारण, उसले मास्क लगाओस् । बच्चाले सोधेका सबै सवालहरूको जवाफ पनि उनीहरुलाई दिनुहोस् । मास्क लगाउन किन जरुरी छ भनेर उनीहरुलाई कार्टुन वा चित्रमार्फत सम्झाउनुस् ।
कलरफुल मास्क
बच्चाहरुलाई कार्टुनका पात्र निकै मनपर्छ । तपाईहरुले उनीहरुलाई मनपर्ने कार्टुनका पात्रको चित्र अंकित मास्क किनिदिनुभयो भने बच्चाले आफ्नै खुसीले मास्क लगाउँछन् ।
आफू पनि मास्क लगाउनुस्
बच्चाले प्राय ठूलाको सिको गर्छन् । त्यसकारण अभिभावकले पनि मास्क लगाउने हो भने बच्चाहरु पनि त्यसैको नक्कल गर्न थाल्छन् । यसका लागि तपाईले सार्वजनिक स्थलमा मास्क लगाउनुपर्छ, बच्चालाई मास्क लगाउन जर्बजस्ती गर्नुको साटो बरु उनीहरुलाई सम्झाई–बुझाई गरेर मास्क लगाउन सिकाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने