सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने– यो विश्वासकै जगमा अगाडि बढ्छु

मङ्गलबार, २५ जेठ २०७८, १३ : ०९
मङ्गलबार, २५ जेठ २०७८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत प्रदान गरेकोमा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिँदै आफूले पाएको सोही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्ने बताएका छन् । विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराए । उनले अब पनि आफू त्यसैगरी सबैलाई साथ लिएर अघि बढ्ने बताए ।

संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा जनताले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उनले बताए । प्रदेशसभाको कार्यकाल करिब डेढ वर्ष अझै रहेको प्रस्ट पार्दै उनले यो अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणामहरू धमाधम आउने दावी गरे ।

‘हामीले विगतमा के के काम गरेका छौं भन्नेबारे अब बल्ल परिणाम आउन थाल्छ,’ उनले भने, ‘यो अवधिमा हामीले संघीयताको जग बसाल्यौं, कतिपय कुरा संस्थागत गर्न, कानुन निर्माण गर्न समय खर्चियौं, अब ती कुराहरुमा अल्झिनुपर्ने छैन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप