जीतको खुसीमा युक्रेनका कप्तानले उठाए बियरको बोतल
उत्तरी मेसिडोनियाविरुद्ध आफ्नो देशलाई २–१ को जित दिलाएपछि युक्रेनका कप्तान आन्द्रे यार्मोलेन्को निकै खुसी देखिए । उनले आफ्नो खुसी दर्शाउने क्रममा पत्रकार सम्मेलनमा कोककोला र बियरको बोतल उठाए ।
पत्रकारहरुलाई उनले खेलपछि सोधे, ‘के म केही गर्नसक्छु ? रोनाल्डोले कोकाकोलाको बोतल हटाएको मैले भर्खरै देखेको छु । म कोकाकोलालाई यहाँ राख्छु । म हेनीकेन (बियर) लाई त्यसको ठिक अगाडि राख्छु ! मलाई सम्पर्क राख्नुहोला ! ’
वेस्टह्यामबाट व्यवसाहिक फुटबल खेल्ने ३१ वर्षीय स्ट्राइकरले यसरी खुसी मनाउँदै बियर र कोकाकोलालाई अगाडि राखे । यसअघि रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदा कम्पनीको शेयर मुल्य नै ४ अर्ब डलरले झरेको थियो । त्यसपछि फ्रान्सका पाउल पोग्बाले पत्रकार सम्मेलनका क्रममा बियरको बोतल हटाएका थिए । त्यस्तै, इटलीका म्यानुअल लोकाटेल्लीले पनि कोकको साटो पानीको बोतल बोकेर हिंडेका थिए ।
प्रेरणादायी प्रदर्शन
पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २–० ले पछि परेको अवस्था उल्ट्याउँदै खेल बराबरी गरेपनि अन्तिम यसमा गएर उनको टोली पराजित भएको थियो । उत्तरी मेसिडोनियाविरुद्ध २–१ को जितपछि अब युक्रेनको दोस्रो चरण पुग्ने ढोका खुलेको छ । युक्रेनलाई जित दिलाउने क्रममा कप्तान यार्मोलेन्कोले एक गोल गरे भने अर्को गोलका लागि पास पनि मिलाइदिए । अब, अन्तिम खेलमा अस्ट्रियालाई हराउन सके युक्रेनले दोस्रो चरणको यात्रा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार