चन्डीगढमा जलाइयो अक्षय कुमारको पुत्ला
अभिनेता अक्षयकुमार अभिनित फिल्म ‘पृथ्वीराज’ रिलिज पहिले नै चर्चामा रहन सफल भएको छ । फिल्मको टाइटल विवाद समेत बढ्दो छ । हालै फिल्मको टाइटलको विरोधमा चन्डीगढमा अक्षय कुमारको पुत्ला जलाइएको छ ।
अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको टाइटल परिवर्तन गर्न माग गरेका छन् । यो संगठनले करणी सेनाले भने जस्तै राजाको पुरा नाम ‘सम्राट पृथवीराज चौहान’ टाइटलमा राख्न माग गरेको छ ।
एक महिना पहिले करणी सेनाले फिल्मको टाइटल परिवर्तन गरेर राजाको पुरै नाम राख्न भनेको थियो । करणी सेनाले भनेको थियो ‘फिल्म महान राजपुत राजामा आधारित रहेको छ । शीर्षकले यो तथ्यलाई दर्शाउँदै । सिर्फ पृथ्वीराज राख्नु अन्तिम हिन्दु शासकको अपमान हो ।’ करणी सेनाले फिल्म रिलिज अगाडि आफुहरुलाई देखाउन समेत भनेको छ ।
करणी सेनाका युवा विङ्ग के अध्यक्ष तथा फिल्म मेकर सुरजीत सिंह राठौरले भने, ‘फिल्म युनिटले हाम्रो सल्लाह नमाने परिणाम पनि भोग्नुपर्छ । फिल्म ‘पद्यावत’ को दौरानमा सञ्जय लीला भंसालीको जस्तै परिणाम भोग्न यो फिल्मका निर्माता पनि तयार हुनुपर्छ ।’
‘पृथ्वीराज’ यशराज फिल्मको पहिलो ऐतिहासिक फिल्म हो । फिल्मको परिकल्पना ‘चाणक्य’ नामक दुरदर्शन धारावाहिक बनाउने निर्देशक चन्द्र प्रकाश द्धिवेदीले गरेका हुन् । सञ्जय दत्त र सोनु सुद पनि फिल्मको महत्वपूर्ण भूमिकामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार