पत्रपत्रिका
कमजोर एकताले समस्यामा जसपा
आइतबार, ०६ असार २०७८, ०६ : १४
गत वैशाख १९ मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश सभामा ६ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित भयो । चार सांसद सरकारमा सहभागी हुँदै मन्त्री बने, दुई सांसद मुख्यमन्त्रीको विपक्षमा उभिए ।
पार्टीले गरेको ह्वीप उल्लंघन गरेको भन्दै सरकारलाई समर्थन गरेका चार सांसदलाई पार्टी लुम्बिनी प्रदेश समितिले उनीहरुलाई कारबाही गर्यो । सर्वोच्चले उनीहरुलाई सांसद पदमै पुनर्बहाली गर्न अन्तरिम आदेश दियो । तर, अन्तिम फैसला हुन बाँकी छ । फलतः अहिले लुम्बिनी प्रदेशमा केन्द्रमा जस्तै जसपा दुई समूहमा विभाजन भएको प्रष्ट छ ।
जसपाको केन्द्रमा देखिएको गुट विवादको सिकारमा लुम्बिनी प्रदेश पनि परेको छ । त्यो भन्दा पनि जसपाको 'कमजोर एकता' को प्रतिफल पार्टीका सबै संरचनामा चर्को विवाद उल्झिएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल