सेनाबाट खोज, उद्धार तथा राहत जारी
नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ ।
मनाङकै विभिन्न स्थानमा बाढीपहिराको कारण जोखिममा परेका ८१ जनालाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका – १ स्थित याङ्ग्रीका बाढीपहिरो प्रभावित २९ जनालाई सेनाको सहयोगमा मेलम्चीबाट उद्धार गरी काठमाडौंँ ल्याइएको थियो । सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका – ४ स्थित गल्थुम र माझीटारका बाढीबाट विस्थापित परिवारलाई बस्नका लागि सेनाले दुई स्थानमा सातसात अस्थायी बासस्थानको व्यवस्थापन गरेको छ ।
बाढीपहिराको कारण विस्थापित हेलम्बु – २ गणेशबगर इलाकामा बसोबास गर्दै आएका ४३ र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० समेत १०३ जनालाई सेनाको उद्धार टोलीले खाली जमीनमा अस्थायी बासस्थानको व्यवस्था गरी राहत सामग्री वितरण गर्न सहयोग गरेको जनाइएको छ ।
मुस्ताङको घरपझोङ्ग गाउँपालिका – ४ स्याङ्ग गाउँबस्तीमा स्याङ्ग खोलाको बहाव बढ्न गई पस्न सक्ने देखेपछि सेनाले खोला किनारमा ग्याबिन जालीमा ढुङ्गा भरी क्षति हुनबाट रोकेको थियो । प्युठानको मल्लरानी गाउँपालिका – ३ धरमपानीस्थित वरबोटका हीराबहादुर विक छापेखोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकामा सेनाको खोजी टोलीले सरुमारानी गाउँपालिका – १ बाङ्गेसालको मियाबस्ती नजीक राप्ती नदीमा शव फेला पारिएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल