शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

९ सय ३९ म्यादी प्रहरीका लागि २ हजार १३ को दरखास्त

मङ्गलबार, ०७ कात्तिक २०७४, १७ : ३४
मङ्गलबार, ०७ कात्तिक २०७४

बेसीशहर– लमजुङ प्रहरी यतिबेला म्यादी प्रहरी छनौटमा व्यस्त भएको छ । प्रदेश नं. ४ अन्तर्गत मंसिर १० गते हुने प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि लमजुङमा ९ सय ३९ म्यादी प्रहरीको माग भएको छ । 
२ हजार १३ जनाको आवेदन परेकामा २ सय ७९ अनुपस्थित भएका थिए । स्थानीय तहमा भन्दा ५ सय ८३ जना बढीले यसपटक आवेदन दिएका हुन् । आवेदन भन्दा दोब्बर दरखास्त भएता पनि यतिका मात्रामा अनुपस्थित भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 
आईतबार र सोमबार गरि दुई दिन स्वास्थ्य र शारिरीक परिक्षण गरिएको थियो । स्वास्थ्य र शारीरिक जाचँबाट उत्कृष्ट भएका करिब १४ सय ९९ जनालाई लिखित परिक्षामा सहभागी गराईने भएको छ भने २ सय ३५ जना छनौटमा असफल भएका छन् । सफ भएका हरुको बुधबार लिखित परिक्षा हुने जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर गौरव महतले जानकारी दिए । 
स्थानिय तह निर्वाचनामा अनुत्तीर्ण भएका र आवेदन दिएर नआएका कतिपयले यसपटक पुन आवेदन दिएका छन् । म्यादी प्रहरीको लागि भूपु सेना, भूपु नेपाल प्रहरी, स्थानीय तहको निर्वाचनमा छनोट भएका म्यादी प्रहरी र अन्य सर्वसाधारणहरुको सहभागिता रहेको छ । 
छनौटमा उत्तीर्ण भएकारुको तालिम कार्तिक १२ देखि २४ गतेसम्म हुनेछ । १८ देखि ५५ बर्षसम्मका नागरिकलाई भर्ना आह्वान गरिएकोमा १८ देखि ३५ बर्ष उमेरका बढी रहेका छन् ।
यसैबीच १ सय ८८ म्यादी प्रहरी माग भएको मनाङ जिल्लामा जम्मा ६५ जनाको आवेदन परेको मनाङ प्रहरीले बताएको छ । 
माग भन्दा कम दरखास्त परेको र विभागमा खबर गरिसकिएको मनाङको इन्सपेक्टर अर्जुन गहतराजले बताए  ।
 कुल ६५ मध्य  ३ जना अनपस्थित भएका प्रहरीले जनाएको छ । यस अघि स्थानिय तह निर्वाचनका लागी ९० जना तोकिएकोमा १ सय ४७ जनाले आवेदन दिएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप