शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

शनिबार, ०२ साउन २०७८, १४ : २३
शनिबार, ०२ साउन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका  हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको स्रोतले रातोपाटीलाई जानकारी दियो ।  सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको बुझिएको छ ।

स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल भइरहेको छ । 

नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उनकै निवास गरेर छलफल गरेका थिए । छलफलमा नेपालले संसद बचाउन भएपनि सरकारलाई विश्वासको मत दिने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप