फिल्म बनाउने योजनामा थिए राज कुन्द्रा
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा भारतीय व्यवसायी राज कुन्द्रा अश्लिल फिल्मको मामलामा नराम्रोसँग फसेका छन् । मुम्बई प्रहरीको क्राइम ब्रान्चले उनको अनुसन्धान गरिरहेको छ । यस विषयमा हरेक दिन केही न केही नयाँ खुलासा हुन थालेका छन् ।
वेभ सीरिज ‘गन्दी बात’ अभिनेत्री गहना वशिष्टले राज कुन्द्राको विषयमा नयाँ खुलासा गरेकी छन् । उनले राज कुन्द्रा आफ्नो साली शमिता शेट्टी लिएर फिल्म बनाउने तयारीमा रहेको बताएकी हुन् । गहनाले शमिता लिएर राज कुन्द्राले कस्तो फिल्म बनाउने तयारीमा थिए भन्ने विषय भने खुलाएकी छैनन् ।
‘म उनी पक्राउ पर्नु केही दिन अगाडि राज कुन्द्राको अफिसमा गएको थिएँ । त्यहाँ थाहा भयो कि नयाँ एप बलिफ्लेम ल्याउने प्लानिङ भइरहेको थियो’ गहनाले थपिन् ‘एपमा रियालटी शो, म्युजिक भिडियो, फिचर फिल्म लगायतको योजना थियो ।’ उनले शो क्रममा एक फिल्मको स्क्रिप्टमा समेत चर्चा भएको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !