टोकियो ओलम्पिकको उद्घाटन हेर्न सयौं मानिस रंगशालाबाहिर
टोकियो ओलम्पिकको उद्घाटन समारोह हेर्नका लागि सयौं मानिस रंगशालाबाहिर भेला भएका छन् । कोरोना भाइरसका कारण टोकियोमा कडा नियम लागू गरिएको छ । जसकारण, सर्वसाधारणले यस ओलम्पिक हेर्नका लागि रंगशालामा प्रवेश पाउनेछैनन् ।
६८ हजार क्षमताको ओलम्पिक रंगशालामा थोरै प्रतिनिधि र अधिकारीहरुमात्रै उद्घाटन समारोहमा भेला हुनेछन् । ‘हामी यहाँको वातावरण, पटका पड्काइएको हेर्न भेला भएका हौं’ रंगशाला बाहिर रहेका टोकियोका स्थानीय माको फुकुहाराले भने, ‘हामी यहाँबाट ओलम्पिक उद्घाटन देखिने आशा छौं । कम्तिमा त्यस्तो महसुस होस् । अहिलेसम्म मैले ओलम्पिक कस्तो हुन्छ भनेर देखेको छैन । तर, अहिले म रंगशाला नजिक छु र ओलम्पिक सुरु भएजस्तो महसुस भइरहेको छ ।’
रंगशाला बाहिर फोटो खिचाउने रहरका कारण पनि मानिसहरु भेला भएका हुन् । यसअघि टोकियो र आसपासका क्षेत्रमा भाइरसको संक्रमण बढेपछि अधिकांश जापानीहरुले ओलम्पिक खेल आफ्नो शहरमा आयोजना हुन नहुने धारणा राखेका थिए । तर, खेलाडीहरु जापान आउन थालेसँगै बढ्दो चहलपहलले ओलम्पिकलाई लिएर यहाँका जनताको दृष्टिकोण फेरिँदो छ । ‘म ओलम्पिक खेलको उद्घाटनलाई स्वागत गर्छु, एउटा जापानीका रुपमा यो गर्वको क्षण हो’ अइको हिरोताले भनिन्,‘यो खेल दर्शक बिना नै आयोजना हुन गइरहेको भएपनि म यहाँका मानिसहरुको मनस्थिति देखेर निकै प्रभावित भएको छु । दर्शक बिना नै खेल आयोजना भएपनि खेलाडीहरुलाई धेरै मानिसहरुले आफ्नो समर्थन गरिरहेका छन् भन्ने परोस् ।’
पश्चिमी जापानस्थित ओशाकाबाट टोकियो आएका चिनियाँ नागरिक चो कोउको पनि ओलम्पिकलाई लिएर उत्साहित छन् । ‘म चिनियाँ खेलाडीहरूको समर्थन गर्न आएको हुँ । उनीहरुको गाडी हिँड्दै गर्दा म स्वागत गर्न चाहन्छु’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका भ्रातृ संस्थाले गरे सहकारी ठगीविरुद्ध आन्दोलन घोषणा
-
‘भूमिकाविनै सरकारमा बस्नुको औचित्य हुँदैन’
-
कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन
-
मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुला
-
रिङ रोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग पौडेलको माग
-
कोका–कोला महोत्सवमा २५ प्रतिशतसम्मको छुट