भरानलाई अनुबन्ध गर्न युनाइटेड र रियलबीच सहमति
मङ्गलबार, १२ साउन २०७८, १३ : १०
रियल म्याड्रिडका डिफेन्डर राफायल भरानलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले सहमति गरेको छ । गोल डटकमका अनुसार फ्रेन्च डिफेन्डरलाई अनुबन्ध गर्न दुई क्लबबीच ५.७ करोड डलरमा सहमति भएको हो । मेडिकलपछि अनुबन्धको प्रक्रिया पुरा गरिने समाचारमा उल्लेख छ ।
यो सिजन युनाइटेड भित्रिने भरान दोस्रो मुख्य खेलाडी हुन् । यसअघि, युनाइटेडले १०.१ करोड डलरमा जेडोन सान्चोलाई अनुबन्ध गरिसकेको छ । भरान सन् २०११ मा फ्रेन्च क्लब लेन्सबाट रियल आइपुगेका हुन् । त्यसयता उनले रियलसँग ३ वटा ला लिगाको उपाधिका साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
सन् २०१८ मा उनले फ्रान्ससँग विश्वकप जिते । हालसम्म उनले फ्रान्सका लागि ७९ खेल खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी