एशियाली क्षेत्रको विकासमा योगदान गर्न डिजिटल अर्थव्यवस्थाको विस्तार जरुरी
काठमाडौं । कोभिड १९ महामारीसँग जुध्न डिजिटल प्रविधिसँग जोडिएका उद्योगहरूबीच सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिनियाँ कम्पनी ह्वावेले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा महामारीले विश्वलाई गाँजेको अहिलेको अवस्थामा डिजिटल अर्थव्यवस्था विस्तार गरी एशियाली क्षेत्रको विकासमा योगदान गर्नुपर्नेमा सरोकारवालाहरुको जोड थियो ।
उक्त भर्चुअल कार्यक्रममा एशियाली मुलुकका सरकारी, औद्योगिक र शैक्षिक क्षेत्रका विशेषज्ञहरूले डिजिटल अर्थव्यवस्था निर्माणले मात्रै एशियाली क्षेत्रको आर्थिक उन्नति हुने बताए । कार्यक्रममा डिजिटल ज्ञान र पूर्वाधारको आधारमा डिजिटल अर्थव्यवस्थाले क्षेत्रीय जीडीपीमा समेत योगदान दिइरहेको बारेमा बहस भएको थियो ।
ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनले आईसीटी कनेक्टिभिटी, प्रतिभा सशक्तीकरण र इकोसिस्टम इन्क्युबेसन गरी तीन प्रमुख क्षेत्रमा आसियानको डिजिटल मास्टर प्लान २०२५ लाई सक्षम पार्न आफूहरू प्रतिबद्ध रहेको बताए । ह्वावेले विभिन्न देशका सरकार, विश्वविद्यालय, र गैरसरकारी संस्थाहरूसँग समन्वय गर्दै आईसीटी क्षेत्रको सशक्तीकरणमा १० लाख मानिसलाई तालिम दिन धेरै कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिए ।
एशिया प्रशान्त क्षेत्रका देशहरुले डिजिटल अर्थतन्त्रको कार्यान्वयनका लागि व्यापार बाधाहरूलाई हटाउन, डिजिटल कभरेजमा सुधार र डिजिटल सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नका लागि भविष्य उन्मुख रोडम्याप जारी गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न