टोकियो ओलम्पिकको समापन, अमेरिका पहिलो स्थानमा
कोरोना भाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक आइतबार सम्पन्न भएको छ । समापन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले ‘टोकियो २०२०’ सम्पन्न भएको घोषणा गरेका हुन् ।
टोकियो ओलम्पिकमा सर्वाधिक ३९ स्वर्ण जित्दै अमेरिका पहिलो भयो । उसले ४१ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक जित्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित कुल ८८ पदक जित्यो ।
तेस्रो स्थानको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्यो । २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित कुल ६५ पदक जितेको बेलायत चौथो र २० स्वर्ण, २८ रजत र २३ कास्यसहित कुल ७१ पदक जितेको रुसी ओलम्पिक कमिटी पाँचौ भयो । ओलम्पिक खेल्न रुसमाथि प्रतिबन्ध लगाइएको थियो, त्यहीकारण रुसी ओलम्पिक कमिटी (आरओसी) को ब्यानरमा यो टोली उत्रियो ।
ओलम्पिकमा अस्ट्रेलियाले छैटौं, नेदरल्यान्डले सातौं, फ्रान्सले आठौं, जर्मनीले नवौं र इटलीले दशौं स्थान हात पारे ।
लगातार तेस्रोपटक शीर्षमा
टोकियो ओलम्पिकमा अन्तिम दिनसम्म अमेरिका दोस्रोमा थियो । तर, अन्तिम दिन महिला भलिबल र महिला बास्केटबलमा स्वर्ण जितेपछि चीनलाई उछिनेर अमेरिका पहिलो भयो । अमेरिकाले यसअघि लण्डन ओलम्पिक र रियो ओलम्पिकमा पनि शीर्ष स्थान हासिल गरेको थियो । २००८ को बेइजिङ ओलम्पिकमा भने चीनले अमेरिकालाई उछिनेर पहिलो स्थान हासिल गरेको थियो ।
सेलेवको सनसनी
टोकियो ओलम्पिकमा अमेरिकी स्विमर सेलेव ड्रस्सेलले सर्वाधिक ५ स्वर्ण जिते । त्यसैगरी यो ओलम्पिकमा ९४ देशहरुले कुनै न कुनै पदक जिते, ओलम्पिकको एकै संस्करणमा यति धेरै देशहरुले पदक जितेको यो पहिलो पटक हो । यसक्रममा तुर्केमिनिस्तान, सान मारिनो र बुर्किना फासोले पहिलो ओलम्पिक पदक जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा चौथो चरणको मतदानका क्रममा हिंसा, बम विष्फोटमा एक जनाको मृत्यु
-
अनलाइनमार्फत यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ
-
बजेटका लागि राष्ट्र बैंकको सुझाव- कृषि बाहेकका सहुलियतपूर्ण कर्जा कार्यक्रम स्थगन गरौँ
-
नीति तथा कार्यक्रमबारे ओलीलाई सभामुखको टेलिफोन
-
विश्वमा चिप उद्योगमा लगानी बढ्दै
-
मास्टर सेफ सन्तोष साहले ललितपुरमा खोले 'मिथिला थाली' रेस्टुरेन्ट