फिफा वरियतामा नेपालको सुधार
फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ ।
नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५ औँ स्थानमा छ भने माल्दिभ्स १५८ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८८ औँ स्थानमा छ भने भूटान १८७ औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८ औँ स्थानमा रहँदा श्रीलङ्का २०५ औँ स्थानमा छ ।
बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंकाको ‘कालोकालो कपालमा..’ सँगै आरजे इन्टरटेन्मेन्ट सुरु
-
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
कर्णाली जडीबुटी र बहुमूल्य डुङ्गाहरू बेचेर नै धनी बन्न सक्छ : मन्त्री अर्याल
-
कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि
-
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष गौतमलाई डी सिने अवार्ड
-
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु