शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा ‘हिरा र सुन’मात्रै छ : कृष्णगोपाल श्रेष्ठ

बिहीबार, ३१ भदौ २०७८, १३ : २१
बिहीबार, ३१ भदौ २०७८

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् ।  बुधबार नेकपा एमाले काठमाडौ जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताए । श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको दावी गरे ।

‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो । त्यसका लागि राजनीतिक, वैचारिक सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ एमाले त्यो गुण छ’, उनले भने, ‘सुन र पित्तल छुट्याउन सक्नुपर्छ । एमाले सुनको पार्टी हो, एमालेमा हिरा र सुन मात्रै बाँकी छ ।’ उनले पित्तल, काँसका टुक्राहरू छुट्टिएर गएको भन्दै त्यसले फरक नपर्ने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप