असेन्सियोको ह्याट्रिकमा रियलको शानदार जीत
मार्को असेन्सियोको ह्याट्रिकको मद्दतले मायोर्कालाई हराउँदै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियल ६–१ को विशाल अन्तरले विजयी बनेको हो ।
आफ्नो घरेलु मैदानमा रियलले खेलको तेस्रो मिनेटमा करिम बेन्जेमाको गोलको मद्दतले अग्रता लिएको थियो । २४ औँ मिनेटमा असेन्सियोले रियलको अग्रता दोब्बर बनाए । तर लगत्तै लि काङले मायोर्काका लागि एक गोल फर्काए । चार मिनेट पछि असेन्सियोले रियललाई पुनः दुई गोलको अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा नै उनले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । त्यसपछि बेन्जेमा र इस्कोले गोल थप्दै रियलको आधा दर्जन गोल पुरा गरे । बेन्जेमाले यो सिजन ८ गोल गर्नुका साथै ७ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् ।
मंगलबार गेटाफेलाई हराउँदै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको थियो । आजको जीतपछि रियलले आफ्नो चीर प्रतिद्वन्द्वीलाई उछिनेको छ । ६ खेलपछि रियलको १६ अंक रहेको छ भने एथ्लेटिकोको १४ अंक रहेको छ ।
बुधबार राति भएका अन्य खेलमा तेस्रो स्थानमा रहेको सेभियाले चौथो स्थानमा रहेको भ्यालेन्सियालाई ३–१ गोलले हरायो । त्यस्तै, भिल्लेरियालले इल्चेलाई ४–१ ले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार