शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई घुस दिन खोज्ने २ किशोर पक्राउ

आइतबार, १० असोज २०७८, १८ : २६
आइतबार, १० असोज २०७८

घुस दिन खोज्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ स्थित सहिदगेटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकप्वाइन्टमा घुस दिन खोज्ने २ किशोरलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ घर भएका २० वर्षीय राकेश खटिक र १९ वर्षीय अजय खटिक छन् । लु.२० प ८६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस रकम अफर गरेका थिए । उनीहरु विरुद्ध प्रहरीले सार्वजनिक हित बिरुद्धको कसुरमा म्याद लिएर हिरासतमा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप