तनहुँ जलविद्युतबाट प्रभावितलाई सीपमूलक तालिम
तनहुँ - तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावितलाई निशुल्क सीपमूलक तालिम दिन सुरु गरेको छ । तनहुँ प्राविधिक शिक्षालय भिमादमा सञ्चालन हुन तालिमको विहीबार आयोजनाका प्रवन्धक चन्दनानन्दराज वैद्यले उद्घाटन गरेका थिए । पहिलो चरणमा ६० जना आयोजना प्रभावितलाई इलेक्ट्रेसियन(हाउस वायरिङ) र प्लम्बिङको तालिम दिन सुरु गरिएको आयोजनाले जनाएको छ । तालिममा इलेक्ट्रेसियनमा दुई समूह र प्लम्बिङमा एक समूह छन् । तालिमको अवधि ९० दिन अर्थात ३९० घण्टाको हुने छ ।
आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यक्तिको उद्यमशीलता विकास गर्न पुनस्र्थापना तथा आदिवासी जनता योजनाका भएको व्यवस्था अनुसार निशुल्क तालिम दिन सुरु गरिएको हो ।
तालिमपछि विभिन्न निकायमा रोजगारी प्राप्त गर्न र आफैले समेत व्यवसाय सञ्चालन गर्न सहज हुने भएकाले बिचैमा नछाड्न सहभागीलाई प्रवन्धक वैद्यले आग्रह गरे। शिक्षालयका प्रमुख दामोदर कंडेलले तालिमपछि आफैले व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यसबाट फाइदा लिनुपर्ने बताए।
१८ वर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने र आयोजनाबाट प्रत्यक्ष प्रभावितले तालिमका लागि योग्यता तोकिएको थियो ।
ब्यास नगरपालिका वडा नम्बर ५ का, भिमाद नगरपालिका वडा नम्बर ५ तथा ६, म्याग्दे गाउँपालिका १ देखि ५ वडाका, र रिसिङ गाउँपालिका बडा नम्बर १, ६, ७ र ८ वडाका प्रभावितहरु तालिममा सहभागी छन् ।
तालिममा सहभागीलाई निशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ । यसैगरि, घरैबाट आवत जावत गर्नेलाई बाटो खर्चको व्यवस्था समेत गरिएको आयोजनाका उप निर्देशक तुलसी प्रसाद सापकोटाले बताए।
आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि स्थानीय तहमा सहजीकरण गर्न आयोजना प्रभावित तनहुँका चारै तहमा स्थानीय परामर्श मञ्च (एलसिएफ) गठन भइसकेको छ । डुवान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिव ७० प्रतिशत मूआव्जा तथा क्षतिपूर्ति बितरण भइसकेको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् ।
आयोजनाको कूल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो लागत निर्माण अवधिको ब्याज र प्रसारण लाइन तथा ग्रामीण विद्युतीकरणको खर्च सहितको हो ।
आयोजनामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको अतिरिक्त एसियाली विकास बैक, जापान अन्तराष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैकको संयुक्त लगानी रहने छ ।
आयोजनामा एडीबीले १५ करोड, जाइकाले १८ करोड ४०, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने छन् । सन् २०२२भित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण