गाला कार्यक्रममार्फत् २३ हजार डलर सङ्कलन
एचडिएनपी अन्तर्राष्ट्रियले कोष सञ्चालन गर्न आयोजना गरेको गाला कार्यक्रम २०२१ मार्फत २३ हजार ३ सय १३ डलर सङ्कलन गर्न सफल भएको छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । र ,यसको स्थापना र सञ्चालन नेपालीले गरेका हुन् ।
स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबारविहीन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आइरहेको छ । र ,उनीहरूकै लागि नियमित कार्यक्रम गर्न सकियोस् भन्ने हेतुले आयोजना गरिएको कार्यक्रम यस वर्ष अत्यन्तै सफल हुन् सकेको जानकारी संस्थापक सभापति तथा सञ्चालक देवी डेभिड आचार्यले बताए । गत शनिबार अक्टोबर ९ का दिन एचडिएनपी अन्तर्राष्ट्रियले टेक्ससमा कोष वृद्धि समारोहको आयोजना गरेको थियो । विगत वर्षमा झैँ यस वर्ष पनि फन्डरेजर गाला २०२१ नाम दिईएको थियो ।
उक्त समारोहको २०२१ गाला टिम अर्थात् समारोह समूह २०२१ पनि बनाइएको थियो । उक्त कार्यक्रममा विशेष व्यक्तित्वहरूको सत्र ,रात्रि भोज ,विभिन्न राष्ट्रको प्रतिनिधित्व हुने गरि नृत्य र सङ्गीतको प्रस्तुति ,लिलाम तथा पुरस्कार वितरण कार्यक्रम समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण