दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
शुक्रबार, २२ जेठ २०८३, ०९ : ४७
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो भएको दुर्घटनामा परेका छन्।
- दुर्घटनामा उहाँलाई सामान्य चोटपटक लागेको छ र स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
- नेता सुदन किरातीले साम्पाङको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ नियमित दैनिकीमा सक्रिय भइसकेको जानकारी दिएका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेका छन्। हिजो भएको उक्त दुर्घटनापछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य र सुधारोन्मुख रहेको छ।
दुर्घटनामा उनलाई सामान्य चोटपटक मात्र लागेको र उनी आफ्नो नियमित दैनिकीमा सदाझैँ सक्रिय भइसकेको जानकारी बाहिर आएको छ। पार्टीका नेता सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै अध्यक्ष साम्पाङको अवस्थाबारे स्पष्ट पारेका हुन्।

नेता किरातीले लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण