अमेरिकामा नेपालीहरुले यसरी मनाए दसैँ (फोटोफिचर)
अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीले २०७८ सालको विजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् । अमेरिकामा एक छेउदेखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने भएकाले टीका थाप्ने समय पनि फरक फरक थियो । अमेरिकामा विजया दशमी शुक्रबार परेकोले यहाँ बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले कामबाट आएर पनि परिवारसँग टीका लगाएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दसैँ मनाएका छन् ।

अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् । दुई वर्षदेखि जारी कोरोना महामारीको कारण आफन्त, ठूला बडा ,मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका ग्रहण सीमित रुपमा गरेका छन् ।

अमेरिकामा सबै नेपालीहरुले कोरोनाको पूर्ण खोप लगाए पनि डेल्टा प्रजातिको कोरोना संक्रमणका कारण घर परिवारभित्रै दसैँ मनाएका छन् । अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर ०२ मिनेट देखि टिका थाप्न सुरु गरेका थिए । अमेरिकामा रहेका नेपालीहरुको मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् ।

हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी आशीर्वाद समेत लिएका छन् । वर्ष दिनमा आउने महान चाड दसैँमा नेपाली पोशाक दौरासुरुवाल, भादगाउँले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि बिशेष गरि राता सारी (फरिया) तथा गरगहनामा सजिएका थिए ।

साना बाल-बालिकाहरूका लागि दसैँ निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र खाममा डलर पैसा दिँदा निकै दङ्ग परेका देखिन्थे ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण