सर्लाहीमा एक जना हतियारसहित पक्राउ
आइतबार, ३१ असोज २०७८, ०६ : ४५
सर्लाहीमा एक जना हातहतियार सहित पक्राउ परेका छन् । सर्लाहीको बलरा नगरपालिका ३ स्थित लक्ष्मीपुरका नवनीत झा हतियारसहित पक्राउ परेका हुन् । छिमेकी विनय झासँग नवनीत झाको सामान्य झगडा हुँदा नवनीत झाले पेस्तोल निकालेपछि गाउँलेहरुले नवनीतबाट पेस्तोल खोसेर प्रहरीलाई जिम्मा लगाइएको छ ।
इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक मोहन कटुवालका अनुसार गाउँमा भएको सामान्य विवादमा पेस्तोल निकाली गाउँलेलाई ताक्ने नवनीत झालाई पेस्तोल र मैग्जिनसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका नवनीत झालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको कटुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा