जिमनास्टिक प्रतियोगितामा भाग लिन बंगलादेश जाने खेलाडीहरूको विदाई
आइतबार, ०७ कात्तिक २०७८, १२ : ४७
बंगलादेशको बगबन्धु रंगशालामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आइतबार विदाई गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रतियोगितामा सहभागी हुन जाने खेलाडी टोलीलाई बिदाई गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री गहतराजले खेलाडीहरुलाई शुभकामना तथा बधाई दिँदै देश र जनताको मानसम्मान हुने गरि खेल खेल्न आग्रह गरे । आफ्नो देशका खेलाडीहरूको खेल र त्यसको सफलताबाट देशले गर्व गर्न सक्नुपर्ने भन्दै मन्त्री गहतराजले खेलाडीहरुलाई हौसला दिएका थिए ।
प्रतियोगिता कात्तिक ९ गतेदेखि सात दिनसम्म चल्नेछ । खेलाडीहरु सोमबार बंगलादेश प्रस्थान गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने