आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सानिमा बैंकले शेयर धनीलाई १७ प्रतिशत बोनस शेयर दिने

सोमबार, १५ कात्तिक २०७८, ११ : ३५
सोमबार, १५ कात्तिक २०७८

सानिमा बैंक लिमिटेडका शेयरधनीहरूले चुक्तापूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका छन् । आइतबार सम्पन्न  १७ औं वार्षिक साधारणसभामार्फत बैंकले शेयरधनीलाई बोनस शेयर दिने निर्णय गरेको हो । 
संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ । साधारणसभाबाट संस्थापक समूह तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा.केशवप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । पौडेल र थापा पुनः निर्वाचित भएका हुन् ।

आर्थिक बर्ष २०७७/७८ मा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा कुल सम्पत्ति १ अर्ब ६० अर्ब ७५ करोड, कुल निक्षेप  १ खर्ब ३० अर्ब ८८ करोड तथा खुद कर्जा सापटी १ अर्ब २३ अर्ब १७ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ । 

आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप