कार्यदलमा अधिकांश विषयमा सहमति, ‘संकटग्रस्त सहकारी’को परिभाषामा मतभेद
काठमाडौँ । सहकारीको रकम हिनामिनासम्बन्धी छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश (टीओआर) बारे कार्यदलस्तरमा भएको छलफलमा अधिकांश विषयमा सहमति भएको छ ।
तर, रवि लामिछाने जोडिएका सहकारीलाई कसरी हेर्ने भन्नेबारेमा सत्ता र प्रतिपक्षीबिच मतभेद कायमै छ । सत्तारुढ दल रवि लामिछाने जोडिएको सहकारीहरुलाई ‘संकटग्रस्त सहकारी’को परिभाषामा राख्ने पक्षमा छन् । तर, कांग्रेस भने यसरी जाँदा ती सहकारीको आर्थिक भार राज्यमाथि पर्ने भन्दै ‘संकटग्रस्त सहकारी’को परिभाषामा नराख्ने पक्षमा देखिएको छ ।
टीओआर मुल भागमा गृहमन्त्री समेत रहेका रविको नाम उल्लेख नगर्ने तर नाम जोडिएको सबै संस्थाको नाम उल्लेख हुने गरी सहमति बनेको एक नेताले जानकारी दिए । कार्यदलको बैठकमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार कानुन मन्त्रालयमा भएको बैठकपछि यसबारेमा ब्रिफिङ गर्न दलको कार्यालयमा पुगेका छन् । जहाँ दुई जनाले महामन्त्री गगन थापा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई ब्रिफिङ गरेका छन् ।
ब्रिफिङका क्रममा रवि जोडिएको सहकारीको विषय पृष्ठभूमिमा मात्रै राख्ने सत्ता पक्षबाट कुरा आएको तर, आफूहरुले भने उनी जोडिएका कम्पनी र ऋणको विषय समेत समेटिनु पक्षमा रहेको उनीहरुले बताएका छन् । समग्र ब्रिफिङ पछि पार्टीको तर्फबाट ठोस धारणा बोकेर उनीहरु फेरि बैठकमा सहभागी हुने बताइएको छ । कांग्रेस नेताहरु फर्किएपछि ठोस सहमति गरेर संसद बैठक सुरु हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण