शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको विवादास्पद फैसला उपलब्ध गराउन बारको आह्वान

बुधबार, ०१ मङ्सिर २०७८, १५ : ४२
बुधबार, ०१ मङ्सिर २०७८

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले गरेको विवादास्पद फैसला उपलब्ध गराउन आह्वान गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसला गरी अन्यायमा पारेकाहरूलाई ती फैसला उपलब्ध गराउन आह्वान गरेका हुन् । 

नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई  त्यस्तो फैसला बारलाई उपलब्ध गराउन आह्वान गरेका हुन् । 

प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानविन हुने उनले बताए ।  उनले भने, ‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरू नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आह्वान गरेको छ । तपाई साथीहरु ज–जसलाई यिनले अन्याय पारेका छन्, न्याय किनबेच गरेका छन्, ती फैसलाहरू नेपाल बार एसोसिएसनमा उपलब्ध गराइ दिनुहुन अनुरोध गर्दछु । र यिनको राजीनामा पश्चात पनि त्यो फैसला अनुसारको छानविन हुनेछ, उसको सम्पत्ति विवरणहरू हामीले संकलन गर्नेछौँ । कहाँ, कसरी अन्याय किसिमबाट बटुलेका छन् त्यो कुरापनि हामीले हेर्नेछौँ ।’ अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाए । उनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप