सिटीको सहज जीत, स्पर्सको पुनरागमन
साबिक विजेता म्यानचेस्टर सिटीले एभर्टनमाथि ३-० को सहज जीत हासिल गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको चेल्सीभन्दा सिटी ३ अङ्कले पछि रहेको छ । पहिलो हाफको अन्त्यतिर राहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै रोड्रीले टोलीको अग्रता दोब्बर बनाए । खेलको ८६ औँ मिनेटमा बर्नार्डो सिल्भाले अर्को गोल गर्दै सिटीको जीत सुनिश्चित गरे ।
उता, आइतबार नै भएको अन्य खेलमा एन्टोनियो कोन्टेले टोटनह्याम हटस्पर्सको नेतृत्वमा सम्हाले यता प्रिमियर लिगमा पहिलो जीत हासिल गर्न सफल भएका छन् । स्पसले सङ्घर्षरत लिड्सलाई २-१ गोलले हरायो । पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको स्पर्स खेलको ४४ औँ मिनेटमा डेनियल जेम्सको गोलमा एक गोलले पछि परेको थियो । तर, दोस्रो हाफमा पिएरे एमिल होजबर्ग र सर्जियो रेगुलियनले गोल गर्दै खेलमा स्पर्सलाई पुनरागमन गराए । जीतसँगै स्पर्स लिगको सातौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव