खुल्यो अस्ट्रेलिया, कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाएकाहरुले अब सहजै प्रवेश पाउने

लामो समयपछि अस्ट्रेलिया प्रवेश खुल्ला भएको छ । हालैमात्र अस्ट्रेलियन सरकारले कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएकाहरुलाई प्रवेश खुल्ला गरेको हो । योसँगै अब कोरोनाविरुद्धको भ्याक्सिनको पूर्ण मात्रा लगाएका अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाको पीआर भएका व्यक्ति, विद्यार्थी भिषा प्राप्त गरेका व्यक्ति लगायत २८ प्रकारका भिसा प्राप्त गरेकाहरुले अष्ट्रेलिया जान अथवा अस्ट्रेलियाबाट बाहिरिन पाउने भएका छन् ।
अस्ट्रेलियाको सीमा खुलेसँगै वैदेशिक उच्च शिक्षाका लागि पर्खिरहेका विद्यार्थी माझ खुसी छाएको इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेसन अस्ट्रेलियाका संस्थापक सिइओ सागर लोहनी बताए ।
अष्ट्रेलियाली सरकारले एक सूचना जारी गर्दै कोरोनाको कारण यात्रामा लगाएको प्रतिबन्ध हटाएको घोषणा गरेको छ । अस्ट्राजेनिका, फाइजर, मोडर्ना, सिनोभ्याक, कोभ्याक्सिन र सिनोफार्मको खोपको दुई डोज अथवा जेनसेनको एक मात्रा खोप लगाइसकेको १८ वर्ष देखि ६० वर्ष सम्मका नागरिकहरूलाई अष्ट्रेलियाको यात्रामा प्रतिबन्ध फुकुवा गरिएको हो ।
यात्रा गर्नको लागि खोप लगाएको कम्तिमा पनि सात दिन कटेको हुनुपर्नेछ । त्यसैगरी १२ वर्ष भन्दा मुनिका बालबालिकालाई पूर्ण रुपमा खोप लगाइसकेको यात्रीको रुपमा लिइनेछ भने १२ वर्ष देखि १७ वर्षसम्मका बालबालिकालाई खोप प्रमाणको आवश्यकता नभए पनि पूर्ण रुपमा खोप लगाएको अभिभावकसँग आएको खण्डमा मात्र यात्रा गर्न दिइने अष्ट्रेलिया सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
-
साफ यू–२० फाइनल : नेपालविरुद्ध बंगलादेशलाई पहिलो हाफमा २–० गोलको अग्रता
-
विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले बुझाए राजीनामा
-
सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने संकेत, माओवादी सकारात्मक
-
नियमावली मस्यौदा समिति : भर्चुअल बैठकले पनि मान्यता पाउने, लबि रिपोर्टिङको व्यवस्था
-
प्रधानमन्त्री प्रचण्डको कुर्सीमा मदनकृष्ण श्रेष्ठ !