एनआरएनद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक
गैर आवासीय नपाली संघको निर्वाचन समितिको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्धको मुद्दामा अदालत पाटनले अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयका पत्रहरु तत्कालका लागि कार्यान्वयन नगर्न र नगराउन भनेपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशन गरेको हो ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षसहित ५३ जनाको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम तय गरिएको छ । यस अन्तरगत डिसेम्बर ६ मा मतदाता नामावली प्रकाशन, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र डिसेम्बर २६ र २७ मा मतदान गर्ने कार्यतालिका तय गरिएको छ । उम्मेदवारहरू संघको विधान बमोजिम योग्यता पुगेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
अध्यक्ष पदका लागि १० लाख नेपाली रुपैयाँ दस्तुर लाग्ने छ भने उपाध्यक्षका लागि ७ लाख रुपैयाँ र महासचिवका लागि ६ लाख रुपैयाँ दस्तुर तय गरिएको छ । हेर्नुहोस् सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री