झाँक्रीको भर, रक्तश्रावबाट सुत्केरीको मृत्यु
बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो । चदारका श्रीमान् बिनेले भने “गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो ।”
चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ । घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्यचौकीमा गर्भजाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल