वायुसेवा निगमको वाइडबडी ए ३३० ग्राउन्डेड

नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाजको आन्तरिक इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको छ । गत डिसेम्बर २८ मा काठमाडौं–नारिता नियमित उडानको तयारी गर्ने क्रममा विमानमा प्राविधिक समस्या देखिएपछि आपतकालिन ग्राउन्डेड भएको निगमले जानकारी दिएको छ । ग्राउन्डेड विमानको अहिले रिपियरिङ भैरहेको निगमले जनाएको छ ।
विमानको आवश्यक चेक जाँच गर्दा इलेक्ट्रिक कन्ट्राक्टर म्यानेजमेन्ट युनिटमा समस्या देखिएको र श्रीलंकाबाट आवश्यक पार्टपुर्जा भित्र्याई निगमकै दक्ष ईन्जिनियरिङ्ग टिमबाट मर्मत गरी ३० डिसेम्बर २०२१ को दिउँसो २ बजे विमानलाई उडानयोग्य बनाउने तयारी भैरहेको छ । सोही विमानबाट काठमाडौं–दिल्ली नियमित उडान समेत गर्ने निगमले जानकारी दिएको छ ।
न्यारोबडी ए ३२० विमान (एन–एकेडब्लू) बाट गत २८ डिसेम्बर २०२१ मा काठमाडौं–दोहाको नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा इन्जिनमा प्राविधिक समस्या देखिन गएको थियो । दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टिमले विमानको निरीक्षण गर्दा बायाँ तर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेको छ ।
उक्त इन्जिनको उत्पादनकर्ता पीडब्लू/आइएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिँदा इन्जिनलाई रिप्लेस गरि रिपियर गर्न सुझाब दिएको छ । सोही बमोजिम विमानलाई यथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन आवश्यक प्रक्रिया समेत अघि बढाइएको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयन्त्रको बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा
-
रवि लामिछानेको राहदानीमाथि थाल्यो सरकारी वकिलको कार्यालयले छानबिन
-
विवेकशील साझाको महाधिवेशनको तयारी पुरा
-
पूर्व–पश्चिम रेलमार्ग : प्रगति छ प्रतिशत, आयोजना सम्पन्न गर्न झण्डै बीस वर्ष लाग्ने
-
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई विधेयक हस्तान्तरण
-
यूनियन लाइफ इन्स्योरेन्सले ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव