बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी

शुक्रबार, १६ पुस २०७८, १३ : ०९
शुक्रबार, १६ पुस २०७८

नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए । 

उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ ।

महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ । -न्युज कारखानाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप