नेपाललाई एआईपीएस एसियाको कंग्रेस आयोजना गर्ने पहिलो अवसर
काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को २५ औँ कंग्रेस आगामी भदौको अन्तिम हप्ता नेपालमा आयोजना हुने भएको छ। स्पेनको सान्ता सुसानामा बसेको एआईपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले कार्यक्रम आयोजनाको जिम्मा पाएको हो।
बैठकमा नेपाल मलेसिया र किर्गिस्तानले दाबी पेश गरेकोमा नेपालले उक्त दाबी जितेको थियो।
नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् २०१६ मा एआईपीएस एसियाको केन्द्रीय कार्यसमितिको बैठकको आयोजना गरेको थियो। नेपाललाई कंग्रेस आयोजनाको जिम्मा दिँदै एआईपीएस एसियाका अध्यक्ष दक्षिण कोरियाका हि डोङ जुङले एसियाको एक सक्रिय संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा प्रभावकारी कार्यक्रम गर्दै आएको हुनाले ठुलो सम्मेलनको आयोजना गर्न सक्षम भएकोमा आफू विश्वस्त रहेको बताए ।
एआईपीएस एसियाको कंग्रेस कतार, दक्षिण कोरिया, चीन, साउदी अरेबिया जस्ता सक्षम राष्ट्रहरूले मात्र गरिरहेको इतिहासमा नेपालले पाएको यो पहिलो अवसर हो। अध्यक्ष हि डोङले भने, ‘एसियाली खेलकुद पत्रकारिताको दायरा सबै एसियाली मुलुकहरू फैलाउनका लागि पनि नेपाललाई यति ठुलो जिम्मेवारी दिइएको हो।’
एआईपीएस एसियाको कंग्रेसमा ३० बढी एसियाली राष्ट्रका खेलकुद पत्रकारहरू उपस्थित हुनेछन्। त्यसमा अरू पाहुना राष्ट्रका पत्रकारहरू पनि सहभागी हुने बताइएको छ।
आयोजनाको जिम्मा पाएपछि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नेपाल खेलकुद पत्रकार मञ्चले पाएको अवसरका पछाडि सम्पूर्ण सदस्यहरूको मेहनत र परिश्रम रहेको भन्दै उनीहरूको प्रशंसा गरे । सुवेदीले कंग्रेसलाई नेपाली खेलकुद क्षेत्र, नेपालको पर्यटन, नेपाली खेल पत्रकारहरूको बारेमा एसियालाई देखाउने मौकाको रूपमा सदुपयोग गर्ने उल्लेख गरे ।
उक्त बैठकले अर्को वर्षको कंग्रेसको जिम्मा हङकङ स्पोर्ट्स प्रेस एसोसिएसनलाई दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण