आलोचना खेपिरहेका हार्दिकलाई वसिमको ढाडस : यही मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्
काठमाडौँ । पूर्व क्रिकेटर वसिम जाफरले आईपीएलको १७ औं सिजनमा खराब प्रदर्शनका कारण आलोचनामा परेका मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याको बचाउ गरेका छन् । जाफर भन्छन्, ‘कुनै पनि खेलाडीमाथि व्यक्तिगत आक्रमण निराशाजनक हुन्छ ।
जाफरले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘खराब प्रदर्शनका लागि खेलाडीको आलोचना हुन सक्छ। तर कुनै पनि खेलाडीमाथि लगातार व्यक्तिगत आक्रमण निराशाजनक छ। हार्दिक पाण्ड्या, बलियो भएर बस। तिमीले अर्को महिना विश्वकपमा महत्त्वपूर्ण इनिङ्स खेल्नुपर्नेछ र यिनै मानिसहरू तिम्रो तारिफ गरिरहेको देखिनेछन् ।’
हार्दिक पाण्ड्याले यो सिजन अहिलेसम्म १० खेल खेलेका छन् र २१.८८ को औसतमा १९७ रन बनाएका छन् । मुम्बई इन्डियन्सले यो सिजन अहिलेसम्म खेलेका १० मध्ये ७ खेलमा हार बेहोरेको छ र प्लेअफमा पुग्ने सम्भावना निकै कम छ।
यो सिजन सुरु हुनुअघि मुम्बई इन्डियन्सले रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तानको जिम्मेवारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण