आलोचना खेपिरहेका हार्दिकलाई वसिमको ढाडस : यही मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्

काठमाडौँ । पूर्व क्रिकेटर वसिम जाफरले आईपीएलको १७ औं सिजनमा खराब प्रदर्शनका कारण आलोचनामा परेका मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याको बचाउ गरेका छन् । जाफर भन्छन्, ‘कुनै पनि खेलाडीमाथि व्यक्तिगत आक्रमण निराशाजनक हुन्छ ।
जाफरले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘खराब प्रदर्शनका लागि खेलाडीको आलोचना हुन सक्छ। तर कुनै पनि खेलाडीमाथि लगातार व्यक्तिगत आक्रमण निराशाजनक छ। हार्दिक पाण्ड्या, बलियो भएर बस। तिमीले अर्को महिना विश्वकपमा महत्त्वपूर्ण इनिङ्स खेल्नुपर्नेछ र यिनै मानिसहरू तिम्रो तारिफ गरिरहेको देखिनेछन् ।’
हार्दिक पाण्ड्याले यो सिजन अहिलेसम्म १० खेल खेलेका छन् र २१.८८ को औसतमा १९७ रन बनाएका छन् । मुम्बई इन्डियन्सले यो सिजन अहिलेसम्म खेलेका १० मध्ये ७ खेलमा हार बेहोरेको छ र प्लेअफमा पुग्ने सम्भावना निकै कम छ।
यो सिजन सुरु हुनुअघि मुम्बई इन्डियन्सले रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तानको जिम्मेवारी दिएको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *