बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको प्रचण्डको उद्घोष

शुक्रबार, १६ पुस २०७८, १६ : ०८
शुक्रबार, १६ पुस २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैटौं दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक  प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । 

यसक्रममा प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उद्घोष गरे ।  ’कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ प्रतिनिधिमाझ प्रचण्डले भने, ’तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

आफूलाई कतिपयले अस्थिर भनेपछि आफू गतिशीलताको यात्रामा रहेको र आजको परिवर्तन त्यसकै उपज भएको उनको दाबी छ । 

‘हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ । यसमा म छलाङ र गतिशीलतामा देख्छु । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन् । तर २०४५ सालमा सानो समूहबाट सुुरु गरेर २०५२ सालमा जनयुद्ध सुुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ? त्यसैले यो गतिशीलतामा जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंड्न हामी तयार छौं । हामी अहिले पनि एउटा छलाङ हान्न खोजिरहेका छौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप