बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी महाधिवेशन : आइतबार १ बजेसम्म बन्दसत्र स्थगित

शनिबार, १७ पुस २०७८, १९ : ३८
शनिबार, १७ पुस २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि बन्दसत्र कार्यक्रम स्थगित भएको हो ।

सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य गर्नुपर्ने भएकोले आइतबार १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ । 

शनिबारको बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव गरेका थिए ।

सोही प्रस्ताव बमोजिम बन्दसत्र स्थगित गरिएको प्रचार तथा प्रकाशन उपसमितिद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यसअघि बन्दसत्रमा स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएका थिए । उनले सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने जानकारी गराएपछि बन्दसत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको थियो ।

नयाँ विधानअनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने जनाइएको छ। सोहीअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप