शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

प्रतिस जिसीले लिए वेस्ट इन्डिजको पहिलो विकेट

बिहीबार, २० वैशाख २०८१, १२ : २४
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । नेपालले चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएको छ । वेस्ट इन्डिजको पहिलो विकेट प्रतिस जिसीले लिएका हुन् । उनले क्यारेबियन टोलीका ओपनर ब्याट्सम्यान एलिक एथेन्जलाई पाँच रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका हुन् । 

दोस्रो ओभरको पहिलो बलमा एथेन्ज आउट हुँदा वेस्ट इन्डिजले नौ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । 

पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप