अभिनेता जोन अब्राहम दम्पतीलाई कोरोना संक्रमण
सोमबार, १९ पुस २०७८, १७ : ५४
अभिनेता जोन अब्राहम कोरोना संक्रमित भएका छन् । जोनका साथै उनकी पत्नी प्रियामा पनि संक्रमण देखिएको छ । जसको जानकारी जोनले आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । ‘तीन दिन पहिले म एक ब्यक्तिको सम्पर्कमा आएको थिए’ उनले इन्स्टाग्राममा लेखेका छन् ‘पछि मात्र थाहा भयो उनी कोरोना संक्रमित रहेछन् ।’ पत्नी प्रिया र आफु होम क्वारेन्टाइनमा बसेको समेत उनले बताएका छन् ।
अहिले आफुलाई हल्का फुल्का लक्षण मात्र देखिएको उनले बताएका छन् । आफुहरु भने कसैको सम्पर्कमा नआएको बताएका उनले सबैलाई सुरक्षित रहन अनुरोध समेत गरेका छन् । बलिउडमा हालै निर्देशक राहुल रवैल, नोरा फतेही, मृणाल ठाकुर, अर्जुन कपुर लगायत केही सेलिब्रेटीमा कोरोना देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण