शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आइतबार, ०२ माघ २०७८, १८ : २२
आइतबार, ०२ माघ २०७८

गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा २१३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट १७८ र एन्टिजिन परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा वृद्धी भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएको छ । गत आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना मात्र संक्रमित देखिएकोमा सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहिबार १६५ शुक्रबार १८६,शनिबार २०६ र आज आइतबार २१३ जनामा संक्रमण देखिएको हो । एक हप्ताको तथ्याङ्क हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ ।

प्रदेशका ११ जिल्ला मध्ये कास्कीको पोखरा रेडजोन बनेको छ । प्रदेशमा देखिएका २१३ संक्रमितमध्ये कास्कीका मात्र १५८ जना रहेका छन । त्यसैगरी लमजुङ १२,पर्वतमा १, बागलुङ ३, स्याङजा २०, म्याग्दी १, गोरखा २, तनहुँ ४ र नवलपरासी पूर्वमा १२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार ६५१ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।
प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १६ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ६९ पुगेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६० हजार १४ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ११५४ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १११८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप