मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

उच्च अदालत वीरगञ्जका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण, सेवामा संकुचन

सोमबार, ०३ माघ २०७८, १६ : ४८
सोमबार, ०३ माघ २०७८

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सेवामा संकुचन कायम गरिएको रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताए । 

रजिष्ट्रार सिंहकाअनुसार उच्च अदालत जनकपुर मातहतको वीरगञ्ज इजलासका न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंह, उपरजिष्ट्रार केशवप्रसाद पौडेलसहित २३ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बासमेत रहेका छन् । 

कुल ८६ जना कर्मचारी रहेको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि अत्यावश्यकबाहेक सेवा रोकिएको छ । बन्दी प्रत्यक्षीकरण, बयान लगायतका अत्यावश्यक सेवा बाहेक अन्य नियमित सेवामा संकुचन ल्याइएको रजिष्ट्रार सिंहले बताए । 

आइतबार मात्रै सर्वोच्च अदालतका न्यायाधीशसहित २४ जनामा संक्रमण पुष्टी भएको थियो । सोमबारसम्म सर्वोच्च अदालतका थप ३ जनामा संक्रमण देखिएको छ । देशभरका अदालतहरूमा एकसय जनाभन्दा धेरैमा संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप