शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर चेम्बर अफ कमर्समा आवद्ध व्यवसायीका लागि बुस्टर डोज

शनिबार, ०८ माघ २०७८, १८ : ५६
शनिबार, ०८ माघ २०७८

भक्तपुर चेम्बर अफ कमर्सले शनिबार उद्यमी व्यवसायीका लागि कोभिड १९ विरुद्धको बुस्टर डोज खोप कार्यक्रम सञ्चालन गरेको छ । भक्तपुर नपा गपलीस्थित भक्तपुर पार्टी भेन्यूमा सञ्चालन भएको उक्त खोप कार्यक्रममा भेरोसेल खोपको बुस्टर डोज दिइएको हो । 

कोभिड १९ संक्रमण विरुद्धको बुस्टर डोज उद्यमी व्यवसायीलाई पनि प्राथमिकतामा राखेर दिइनु पर्ने माग अनुरुप कार्यक्रम सञ्चालन गरेको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे रत्न मानन्धरले बताए । स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा भएको उक्त कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्समा आवद्ध उद्यमी व्यवसायी र भक्तपुरका वस्तुगत संघसंस्थाका पदाधिकारीहरु गरी १ सय ४७ जनाले खोप लगाएका छन् । जस अन्तर्गत ४८ महिला र ९९ पुरुष रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप