के फेरि मिल्दैछन् सामन्था र नागा ?
दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गरेका थिए । जुन घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो ।
जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए । यद्यपि सामन्थाले भने हालैका दिनमा आफ्नो सामाजिक सञ्जालबाट अलग्गिएको पोस्ट हटाएकी छन् । उनले पोस्ट हटाउनासाथ कतै उनीहरु फेरि मिल्न त लागेका होइनन् भन्ने अड्कलबाजी गरिएको छ । फ्यानहरुले जोडी आफ्नो मतभेदलाई भुलेर पुनः नयाँ जीवन सुरु गर्न लागेको अनुमान लगाएका छन् ।
सामन्थाले पोस्ट डिलिट गरेपछि कुनै प्रतिक्रिया दिएकी छैनन् । यो जोडी विवाहको चार वर्षपछि अलग्गिएका हुन् । अलग्गिएपछि सामन्थाले आफ्नो एकाउण्टबाट केही पोष्ट हटाइरहेकी थिइन् । त्यही बेला उनीहरुको संयुक्त विज्ञप्ती पनि हटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण