‘बामएकता नै मुलुकको समस्या’ : काँग्रेस नेता पौडेल
बेसीशहर – यहि मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कम्युनिष्ट पार्टी बीचको गठवन्धनको कारण पुनः मुलुकमा राष्ट्रिय समस्या जन्मिन सक्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।
लोकतान्त्रिक गठवन्धनद्वारा सदरमुकाम बेसीशहरमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले उक्त कुरा व्यक्त गरेका हुन् । ‘यो मुलुकका कम्युनिष्टहरु जहिल्यै कुनै न कुनै खालका समस्या जन्माउँदै आए तर कहिल्यै उनीहरुले समाधान गर्न जानेनन्, सभामा बोल्दै उनले भने, ‘जब समस्या आउँछ तव समाधानका लागि नेपाली काँग्रेसले नेतृत्व गर्दै आयो ।’ कम्युनिष्ट पार्टीहरुले मुलुकमा समस्या जन्माउने तर, समाधान गर्न कहिल्यै नसक्नेसमेत दावी गरेका छन् ।
करिब आठ मिनेट बोलेका पौडेलले मुलुकमा शान्ति, स्थिरता, विकास र लोकतान्त्रिक व्यवस्था आवश्यक भएको र त्यसका विरुद्धमा कुनैपनि शक्तिले केही गर्न नसक्ने जिकिर गरेका छन् । विगतमा राणाहरुको निरंकुश शासन देखि पञ्चायत हुदै माओवादीले थालेको युद्धको समाधान जस्ता सबै अप्ठ्यारा अवस्थामा काँग्रेसले नेतृत्व गरेकाले यस पटक पनि नेतृत्व गर्ने उनले दाबी गरे ।
सोही सभामा वोल्दै नेपाली काँग्रेसका महामन्त्री सशांक कोईरालाले नेपाली काँग्रेसले नै यो मुलुकको नेतृत्व गर्ने दावी गरे । देशमा शान्ती कायम गराउने देखी हरेक कार्यमा नेपाली काँग्रेसको नै सक्रियता रहेको भन्दैँ आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन मतदाताहरुलाई आग्रह समेत गरेका छन् । २५ वर्षदेखि काँग्रेस सरकारमा भएकोले विकास निर्माणको कामले तिव्रता पाएको समेत उनले बताए ।
कार्यक्रममा बोल्दैँ उद्योगपति विनोद चौधरीले पनि विकास निर्माण कार्यमा जोड दिएका थिए । विकाश निमार्णको कार्य, उद्योग स्थापना, दिगोपना कार्य नेपाली कांग्रेसको नेतृत्वमै भएकाले आगामी निर्वाचनमा विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा पार्टीकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिलबहादुर घर्ती, प्रदेशसभा क्षेत्र नं क का उम्मेदवार गर्जबहादुर गुरुङ, क्षेत्र नं २ का उम्मेदवार कृष्णप्रसाद कोईराला, जिल्ला सभापति भेषबहादुर पौडेल लगायतले समसामयिक सन्दर्भमा मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झारखन्डका पूर्वमुख्यमन्त्री सोरेनलाई अदालतको झट्का
-
सरकारको आँकलन : एक वर्षको अवधिमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति
-
लोकसभा निर्वाचनः राहुल गान्धीले रायबरेलीबाट दर्ता गराए उम्मेदवारी
-
एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
-
इन्टरनेट समस्याको अस्थायी समाधान, शुल्क नतिरे ठुलो दुर्घटनाको खतरा
-
भारतीय शेयर बजारमा एकै झट्कामा लगानीकर्ताले गुमाए ३० खर्ब भारु