लोकसभा निर्वाचनः राहुल गान्धीले रायबरेलीबाट दर्ता गराए उम्मेदवारी
नयाँ दिल्ली । केरलाको वायनाडका कांग्रेस सांसद राहुल गान्धीले रायबरेलीबाट लोकसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । राहुल गान्धीले कांग्रेस संसदीय दलकी नेतृ सोनिया गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, प्रियंका गान्धी, अशोक गहलोत, रेवन्त रेड्डीको उपस्थितिमा आफ्नो उम्मेदवारी पत्र भरेका थिए ।
यस क्रममा राहुल गान्धीले रायबरेलीमा रोड शो पनि गरेका थिए र त्यसमा उनका हजारौँ समर्थकहरू उपस्थित थिए । राहुल गान्धीले वायनाडबाट पनि उम्मेदवारी दिएका छन् । त्यहाँ मतदान भइसकेको छ । राहुल गान्धीले यस अघि अमेठीबाट उठ्दै आएका थिए । तर सन् २०१९ को लोकसभा निर्वाचनमा उनी भाजपाकी स्मृति इरानीसँग पराजित भए । यस पटकको निर्वाचनमा पनि उनी अमेठीबाट उम्मेदवार बन्ने अनुमान गरिएको थियो ।
प्रियंका सोनिया गान्धीको लोकसभा सिट रायबरेलीबाट चुनावमा उठ्ने चर्चा थियो । तर अन्तिम क्षणमा कंग्रेसले अमेठी सिटमा किशोरी लाल शर्मालाई उठाएको छ । हाल राहुलकी आमा सोनिया गान्धी रायबरेलीकी सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण