चर्चित अभिनेत्री रुपा दत्त : ममता बनर्जीको मजाक उडाएकोदेखि पर्स चोरेको आरोपसम्म
बांग्ला फिल्म अभिनेत्री रुपा दत्ताको नाम दुई दिन अघि त्यतिबेला चर्चामा आएको थियो जब गोवा विधानसभा चुनावमा तृणमूल कांग्रेसको ‘फ्लप शो’ का लागि उनले मुख्यमन्त्री र पार्टी प्रमुख ममता बनर्जीको मजाक उडाएकी थिइन् ।
आफ्नो ट्वीटर ह्यान्डलबाट जारी एक भिडियोमा उनले ममताको बयानको नक्कल गरिरहेको देख्न सकिन्छ ।
त्यसको ठिक दुई दिनपछि उनी कोलकाताको अन्तरराष्ट्रिय पुस्तक मेलामा महिलाहरुको पर्स चोरेको आरोपमा पक्राउ परिन् ।
प्रहरीले उनीसँग एउटा यस्तो डायरी भेट्टाएको बताएको छ जसमा उनले कहाँ र कहिले कति पैसा चोरेकी छिन् भनेर लेखिएको छ । यद्यपि, रुपाले अदालतमा आफू निर्दोष भएको बताउने गरेकी छिन् ।
बिजेपीका थुप्रै हस्तीसँग तस्बिर खिचाउने यी अभिनेत्री कतै क्लेप्टोमेनियाद्वारा ग्रसित त छैनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
पुस्तक मेलामा रङ्गेहात नै पक्राउ परेकी रुपालाई हाल प्रहरी हिरासतमा पठाइएको छ । यो मामिलामा सत्तारुढ पार्टी वा विपक्षी राजनीतिक दलले कुनै पनि टिप्पणी दिएको छैन ।
तर यो घटनाले मानिसलाई केही वर्ष अघि रिलिज भएको फिल्म ‘सिमरन’ मा कंगना रनौतको भूमिका याद दिलाइदिएको छ । त्यसमा उनलाई क्लेप्टोमेनियाको समस्याबाट ग्रस्त भएकी एक यस्ती चुलबुले युवतीको भूमिकामा देखाइएको थियो । त्यसमा कंगनालाई कुनै कारण बिना पैसा चोर्ने बानी परेको थियो ।
मनोवैज्ञानिक समस्या त होइन ?
रुपा पनि कतै यस्तै रोगको शिकार त छैनन् भन्ने प्रश्न उठिरहेका छन् । यद्यपि, अस्पतालमा रुपा वा उनका वकिलले यस्तो कुनै पनि दाबी गरेका छैनन् । तर पनि प्रश्न त उठिरहेका छन् ।
आखिर यो रोग कस्तो हो ? विशेषज्ञका अनुसार यो इन्पल्स कन्ट्रोलसँग जोडिएको गम्भीर मनोवैज्ञानिक समस्या हो । यसद्वारा पीडित व्यक्ति आफ्नो भावना र व्यवहारलाई नियन्त्रित गर्न असमर्थ हुन्छन् ।
यो समस्याबाट ग्रस्त व्यक्तिले कुनै आवश्यकताका लागि योजनाबद्ध थरिकाले चोरी गर्दैनन् न नै यो कार्यमा अरुको मद्दत लिन्छन् । उनीहरुको मानिसलाई कुनै शारीरिक हानी पनि पुर्याउँदैनन् । उनीहरुलाई यस्तो गर्न मजा आउँछ ।
एक मनोवैज्ञानिक डा. सुमन्त हाजरा भन्छन्, ‘मेला वा भीडभाडयुक्त स्थानमा घुमीघुमी मानिसहरुको पर्स वा पैसा चोर्नु रुपाजस्ता कुनै अभिनेत्रीको चरित्रसँग मेल खाँदैन । उनलाई पनि क्लेप्टोमेनियाको समस्या हुनसक्छ । तर यो गहन जाँचको विषय हुनसक्छ ।’
को हुन् रुपा दत्त ?
रुपा दत्ता बंगाली फिल्म इन्डष्ट्रिकी चर्चित अभिनेत्री हुन् । उनी थुप्रै सिरियल र टिभी शोमा देखिएकी छिन् । उनी जय माँ वैष्णो देवी नामक एक हिन्दी धारावाहिकमा पनि मुख्य भूमिकामा देखिएकी छिन् ।
मुम्बईमा आफ्नो एक्टिङ स्कुलको उद्घाटन भाजपा नेता सैयद शाहनवाज हुसैनमार्फत् गराएकी थिइन् । रुपाको सोसल मिडिया अकाउन्टमा बंगालका राज्यपाल जगदीप धनखड र अन्य नेतासँगको तस्बिर छ । उनले आफूलाई कराँटेको ब्ल्याक बेल्ट बताउने गर्छिन् ।
रुपा दत्ता सन् २०२० मा त्यतिबेला चर्चामा आएकी थिइन् जब उनले बलिउड निर्देशक अनुराग कश्यपमाथि अश्लील मेसेज पठाएको आरोप लगाइन् ।
अनुराग कश्यपले उनलाई गलत तरिकाले मेसेज पठाइरहेको र यस्ता मानिसविरुद्ध कडा कारवाही गर्नुपर्ने उनले बताएकी थिइन् ।
त्यसपछि पछिल्लो हप्ता गोवा विधानसभामा तृणमूल कांग्रेसको खाता नखोलिएको मुद्दामा पनि उनले ममता बनर्जीको आलोचना गरेकी थिइन् र उनको मजाक उडाएकी थिइन् ।
के हो घटना ?
प्रहरीले रुपालाई कोलकाता अन्तरराष्ट्रिय पुस्तक मेलामा एउटा पर्सलाई डस्टबिनमा फ्याँकिरहेका बेला शंकाको आधारमा हिरासतमा लिएर सोधपुछ गरे र उनको तलासी लियो ।
यतिबेला उनीसँग केही पर्स र ७० हजार नगद भेटियो । रुपाले यसबारे कुनै सन्तोषजनक जवाफ दिन सकिनन् । त्यसपछि उनलाई पक्राउ गरेर विधाननगर थाना लगियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण