आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पार्टी सभापतिको रुपमा भाजपा कार्यालय भ्रमण : परराष्ट्र मन्त्री

आइतबार, २० चैत २०७८, २० : ४४
आइतबार, २० चैत २०७८

परराष्ट्र मन्त्री नारायण खड्काले शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा नभइ काँग्रेस सभापतिको रुपमा भाजपा कार्यालय भ्रमणमा गएको तर्क गरेका छन् । 

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनाता पार्टी (भाजपा) को कार्यालयमा पुगेको दाबी गरेका हुन् । 

प्रधानमन्त्री कुटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले सभापति भएको नाताले काँग्रेसले दुवै देशसँग मैत्री पूर्ण सम्बन्ध राखेको बताए । 

चीनको कम्युनिस्ट पार्टीका साथमा भारतीय काँग्रेस र भाजपासँग काँग्रेसको राम्रो सम्बन्ध रहेको बताए । देउवा काँग्रेस सभापतिको रुपमा सम्बन्ध कायम राख्न भाजपा कार्यालय पुगेको उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप