एकातिर रेस्लिङ अर्कोतिर जनसभा (तस्बिरहरू)
भृकुटीमण्डपको बगैँचामा एकतिर रेस्लिङ प्रतियोगिता भइरहेको छ भने अर्को तिर नेकपा एकीकृत समाजवादीको को जनसभा भइरहेको छ । माधव कुमार नेपालले उद्घाटन गरेको दुवै कार्यक्रममा पार्टीको जनसभामा भन्दा रेस्लिङ तिर मानिसहरूको भीड देखिएको छ ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता एकदिने रेस्लिङ आयोजना भइरहेको छ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाएकी छन् । नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह), अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनीषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्ने छन् ।

अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र अस्सासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराइन् । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गरेका छन् । चैते दसैँ तथा नयाँ वर्षको अवसरमा प्रतियोगिता भएको हो । हेर्नुहोस् तस्बिरहरू:










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजनजिक अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त
-
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
-
रास्वपाको बागमती प्रदेश हेटौँडा अधिवेशन सुरु, सभापतिमा को-को छन् दाबेदार ?
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
